कार्यविवरण
- आयोगबाट स्वीकृत भएको अध्यापन अनुमतिपत्रको पाठ्यक्रम कार्यान्वयन गर्ने गराउने कार्य;
- अध्यापन अनुमतिपत्र वितरण गर्ने कार्य;
- अध्यापन अनुमतिपत्रको अभिलेख व्यावस्थापन गर्ने कार्य;
- अध्यापन अनुमतिपत्रको विवरण संशोधनका लागि आएका निवेदनहरू आयोग समक्ष पेश गर्ने कार्य;
- आयोगबाट भएको निर्णय अनुसार अध्यापन अनुमतिपत्रमा उमेदवारको नाम थर लगायतका विवरण संशोधन गर्ने कार्य;
- अध्यापन अनुमतिपत्रको सत्यापन गर्ने कार्य;
- अध्यापन अनुमतिपत्र सम्बन्धी आएका उजुरीहरू आयोग समक्ष पेश गरी निर्णय भएबमोजिम गर्ने, गराउने कार्य;
- अध्यापन अनुमतिपत्रको भाषिक अनुवाद सम्बन्धी काम गर्ने, गराउने कार्य;
- अध्यापन अनुमतिपत्रको प्रतिलिपि उपलब्ध गराउने सम्बन्धी कार्य;
- अध्यापन अनुमतिपत्रमा सुरक्षण सम्बन्धी कागजातहरू आफ्नो जिम्मामा राख्ने कार्य;
- अध्यापन अनुमतिपत्र वितरण सम्बन्धमा आयोगको मातहतका कार्यालयसँग समन्वय गर्ने कार्य;
- अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन सम्बन्धमा आवश्यक समन्वय गर्ने कार्य;
- विभिन्न निकायबाट अध्यापन अनुमतिपत्र सम्बन्धमा सोधनी भएका पत्रहरू आयोग समक्ष पेश गरी निकासा भएबमोजिम गर्ने, गराउने कार्य;
- आयोगले तोकेको अन्य कार्य ।