कार्यविवरण

  • शिक्षक बढुवा सम्बन्धी वार्षिक योजना तयार पारी आयोगमा पेश गर्ने कार्य;
  • आयोगबाट स्वीकृत भएको बढुवा सम्बन्धी योजना कार्यान्वन गर्ने, गराउने कार्य;
  • जिल्लाहरूबाट शिक्षक बढुवा सम्बन्धी तथ्याङ्क सङ्कलन र सत्यापन गरी सञ्चित अभिलेखका आधारमा विश्लेषण गर्ने कार्य;
  • आयोगबाट स्वीकृत भएको शिक्षक बढुवाको विज्ञापन गर्नका लागि तथ्याङ्क, विज्ञापन, पाठ्यक्रम तथा अनुसन्धान शाखासँग समन्वय गर्ने कार्य;
  • बढुवाका लागि दरखास्त फारामहरू सङ्कलन गर्ने सम्बन्धमा शिक्षा विकास तथा समन्वय एकाई र शिक्षा विकास निर्देशनालयहरूसँग समन्वय गर्ने कार्य;
  • शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने, भराउने सम्बन्धमा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्ने कार्य;
  • सम्बन्धित निकायबाट प्राप्त कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको नतिजा तयार पारी आयोग समक्ष पेश गर्ने कार्य;
  • बढुवा सम्बन्धी उजुरीहरूको छानबिनका क्रममा सम्बन्धित निकायबाट आवश्यक कागजातहरू माग गर्ने कार्य;
  • बढुवा सम्बन्धमा पर्न आएका उजुरीको प्रारम्भिक छानबिन गरी टुङ्गो लगाउन आयोगमा पेश गर्ने कार्य;
  • बढुवा सिफारिस भएका उमेदवारहरूको सिफारिस सम्बन्धित निकायमा पठाउने कार्य;
  • बढुवा सम्बन्धी अभिलेखसम्बन्धी कार्य;
  • बढुवा सम्बन्धी कार्यविधिको विकास तथा परिमार्जनकालागि प्रस्ताव तयार गरी आयोग समक्ष पेश गर्ने कार्य;
  • आयोगबाट स्वीकृत भएका कार्यविधि कार्यान्वयन गर्ने गराउने कार्य;
  • आयोगबाट गठन भएका बढुवा सिफारिस समितिहरूको काममा समन्वय एवम् सहकार्य गर्ने कार्य;
  • शिक्षकको कार्यसम्पादन मूल्याङ्ककन फारमको व्यवस्थापन एवम् कार्यसम्पादनका आधारमा गरिने शिक्षक बढुवा सम्बन्धी कार्यविधि/प्रक्रियाको बारेमा अभिमुखीकरण गर्ने कार्य;
  • बढुवा सम्बन्धमा आयोगले तोकेका अन्य कार्य ।