कार्यविवरण
- अन्तर्वार्ता सम्बन्धी योजना बनाई आयोग समक्ष पेश गर्ने कार्य;
- आयोगबाट स्वीकृत भएको योजना कार्यान्वयन गर्ने, गराउने कार्य;
- अन्तर्वार्ता सञ्चालन निर्देशिकाको संशोधन प्रस्ताव तयार पारी आयोग समक्ष पेश गर्ने कार्य;
- आयोगबाट स्वीकृत भएको निर्देशिका कार्यान्वनमा ल्याउने कार्य;
- अन्तर्वार्ता मुकाम तोक्ने बारेमा आवश्यक कार्य गरी आयोग समक्ष पेश गर्ने कार्य;
- अन्तर्वार्ताका लागि आवश्यक दक्ष विज्ञहरूको सूची तयार गर्ने, अद्यावधिक गर्ने, गराउने कार्य;
- अन्तर्वार्ता मर्यादित र सहज वातावरणमा सञ्चालन गर्ने, गराउने कार्य;
- लिखित परीक्षा र अन्तर्वार्ता समेतमा प्राप्त गरेको अङ्कका आधारमा अन्तिम नतिजा प्रकाशन गर्ने तथा उम्मेदवारहरूको सिफारिस सम्बन्धी सम्पूर्ण कार्य;
- सिफारिस सम्बन्धी कार्यविधि तयार गरी आयोग समक्ष पेश गर्ने कार्य;
- उम्मेदवारहरू को सिफारिस सम्बन्धमा प्राप्त भएका निवेदनहरू आयोग समक्ष पेश गरी निकाश भएबमोजिम गर्ने, गराउने कार्य;
- आयोगबाट स्वीकृत भएको कार्यविधि कार्यान्वयनमा ल्याउने कार्य;
- अन्तरवार्तासम्बन्धी कागजातहरू गोप्य रूपमा राख्ने कार्य;
- आयोगले तोकेका अन्तर्वार्ता तथा सिफारिस सम्बन्धी अन्य कामहरू गर्ने, गराउने कार्य;
- आयोगले तोकेका अन्य कार्य ।