तपाईले आफ्नो युजर तथा पासवर्ड सही प्रविष्टी नगरेका कारणले यो समस्या आएको हो । पासवर्ड विर्सिएमा Forget Password को छेउमा रहेको Click here to reset मा क्लिक गर्नुहोस । तपाईले प्रोफाइल बनाउँदा प्रयोग गरेको मोवाइल नम्बर entry गर्नुहोस । Submit बटनमा क्लिक गर्नुहोस । तपाईको मोवाइलमा आएको OTP लाई निर्धारित स्थानमा type गर्नुहोस र Process गर्नुहोस । अब नविर्सने गरी नयाँ पासवर्ड राख्नुहोस र Save गर्नुहोस । त्यसपछि तपाईको युजर र नयाँ पासवर्ड राखेर लगइन गर्न सक्नुहुनेछ ।