कार्यविवरण

  • आयोग पक्ष र विपक्ष भएको मुद्दामा श्री सर्वोच्च अदालत र अन्य अदालतमा फिरादपत्र, प्रतिउत्तर पत्र, रिट निवेदनपत्र र लिखित जवाफको मस्यौदा गरी पेश गर्ने र दायर र दर्ता गराउने विषयका कार्य;
  • आयोगको नीति अनुसार मन्त्रालयको तर्फबाट विधेयक, नियम र आदेशहरूको मस्यौदा गरी सम्पादन र सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र स्वीकृत भई आएपछि त्यसपछिको कारबाही गर्ने, गराउने कार्य;
  • आयोगको निर्णय बमोजिम नेपाल राजपत्रमा प्रकाशन गरिने सूचनासम्बन्धी कारवाही गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने, गराउने कार्य;
  • आयोग र मातहतका निकायबाट कानूनी प्रश्नमा राय माग भै आएमा राय दिने, दिन लगाउने विषयगत कार्य;
  • आयोग र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय तथा अन्य मन्त्रालय बिच सम्पर्क शाखाको रूपमा काम गर्ने, गराउने कार्य;
  • विभिन्न विषयमा कानूनी राय माग भै आएमा रायसाथ पेश गर्ने, गराउने कार्य;
  • आयोग सम्बद्ध पदाधिकारीलाई विपक्षी बनाई परेको रिटको लिखित जवाफ तयार गरी पेश गर्ने विषयका कार्य;
  • अदालतबाट भएको फैसला कार्यान्वयनको लागि सम्बन्धित कार्यालयमा पत्राचार गर्ने कार्य;
  • ऐन नियममा संशोधनका लागि गर्नुपर्ने कार्य,जाँचबुझ आयोगसम्बन्धी, सरकारवादी मुद्दासम्बन्धी कार्य;
  • आयोगसंग सम्बन्धित महत्वपूर्ण कागजातहरु तथा अभिलेखहरू सुरक्षित गरी राख्ने कार्य;
  • शिक्षक सेवा आयोगबाट सम्पादित कामका बारेमा विभिन्न अदालतमा तथा न्यायिक निकायमा परेका मुद्धा उपर सम्बन्धित शाखासँग समन्वय गरी लिखित जवाफ पेश गर्ने र महान्यायाधिवक्ता कार्यालय मार्फत प्रतिरक्षा गर्ने कार्य;
  • मुद्दासँग सम्बन्धित कागजातहरू व्यवस्थापन गर्ने कार्य;
  • आयोगले तोकेबमोजिम अन्य कार्य ।