कार्यविवरण

  • वार्षिक कार्यक्रममा समावेश गर्नुपर्ने क्षेत्रहरू पहिचान गर्ने, गराउने कार्य;
  • आयोगलाई प्राप्त भएको बजेट सीमाभित्र रहेर वार्षिक योजना तयार पारी आयोग समक्ष पेश
    गर्ने कार्य;
  • आयोगबाट स्वीकृत भएको वार्षिक योजनालाई मन्त्रालयमा पठाउने कार्य;
  • योजना आयोगबाट स्वीकृत भईं आएको वार्षिक योजनाको कार्यान्वयनका लागि शाखागत बाँडफाँट गरी आयोग समक्ष पेश गरी स्वीकृत भएबमोजिम गर्ने कार्य;
  • आयोगबाट आयोजना हुने गोष्ठी तथा सेमिनारका लागि आवश्यक समन्वय गर्ने कार्य;
  • आयोगको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने, गराउने कार्य;
  • आयोगको समग्र प्रशासनिक कार्यको समन्वय गर्ने कार्य;
  • करार सेवासम्बन्धी सम्पूर्ण कार्य;
  • आयोग सम्बन्धी कार्यक्रमहरूको अनुगमन योजना र अनुगमन फारामहरूको ढाँचा तयार पारी आयोग समक्ष पेश गर्ने कार्य;
  • आयोगबाट स्वीकृत भएको अनुगमन योजना कार्यान्वयन गर्ने, गराउने कार्य;
  • अनुगमनको वार्षिक प्रतिवेदन तयार गर्ने, गराउने कार्य;
  • अनुगमान बाट प्राप्त भएका सुझावहरूको कार्यान्वयन गर्ने, गराउने कार्य;
  • आयोग सम्बन्धी आवश्यक मालसामानको खरिद सम्बन्धी सम्पूर्ण कार्यहरू गर्ने, गराउने कार्य;
  • आयोगले तोकेको अन्य कार्यहरू गर्ने, गराउने कार्य;
  • आयोगको वार्षिक बजेट निर्माणमा सहयोग गर्ने कार्य;
  • स्वीकृत वार्षिक बजेट र खर्च गर्ने आधारहरूको सीमाभित्र रहेर खर्च गर्ने कार्य;
  • खर्च सम्बन्धी सम्पूर्ण स्रेस्ताहरू सुरक्षितसँग राख्ने कार्य;
  • राजश्व सम्बन्धी आम्दानी र त्यसको श्रेस्ता राख्ने कार्य;
  • आर्थिक ऐन, नियमावलीले तोकेका कामहरू गर्ने कार्य;
  • आयोगको आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने कार्य;
  • आन्तरिक तथा अन्तिम लेखा परीक्षणमा औँल्याइएका कैफियत सम्बन्धी विषयमा आयोगका तर्फबाट जवाफ दिने कार्य;
  • आयोगको बेरुजु फर्छ्यौट गर्ने, गराउने कार्य;
  • आवश्यकता अनुसार पेश्की दिने, सोको अभिलेख राख्ने र पेश्की फर्छ्यौट गराउने कार्य;
  • आयोगले तोकेका आर्थिक प्रशासन सम्बन्धी सम्पूर्ण कार्य ।