शाखाको कार्यविवरण
- अध्यापन अनुमतिपत्र, शिक्षकहरूको आन्तरिक प्रतियोगितात्मक बढुवा र खुला विज्ञापनका लागि प्रश्नहरू निर्माण र परिमार्जन गर्ने विज्ञहरूको सूची बनाई आयोग समक्ष पेश गर्ने कार्य;
- आयोगबाट स्वीकृत भएको विज्ञहरूबाट प्रश्नहरू निर्माण र परिमार्जन गराउने कार्य;
- लिखित परीक्षाका लागि प्रश्नहरूको बैङ्क निर्माण गर्ने कार्य;
- प्रश्नहरूको बैङ्कलाई अति गोप्य तरिकाले सुरक्षित साथ राख्ने कार्य;
- प्रश्न निर्माण र परिमार्जन सम्बन्धी गोष्ठी, सेमिनार र अभिमुखीकरण कार्यक्रमहरूको आयोजना गर्ने कार्य;
- प्रश्न निर्माण र परिमार्जन सम्बन्धी सरोकारवाला विज्ञहरूले दिएका सुझावहरू सङ्कलन गरी आयोग समक्ष पेश गर्ने कार्य;
- उत्तरकुञ्जिका तयार गर्नका लागि विज्ञहरूको सूची बनाई आयोग समक्ष पेश गर्ने कार्य;
- छनोट भएका विज्ञहरूबाट लिखित परीक्षा सम्पन्न भइसकेपछि उत्तरकुञ्जिका तयार पार्न लगाउने कार्य;
- तयार भएको उत्तरकुञ्जिका परिमार्जन गराई आयोग समक्ष स्वीकृतिका लागि पेश गर्ने कार्य;
- आयोगबाट स्वीकृत भएको उत्तरकुञ्जिका कार्यान्वयनमा ल्याउने कार्य;
- आयोगले तोकेका अन्य कार्य ।