शुभेच्छा

आदरणीय महानुभावहरू,

कलिला वालवालिकाहरुको मन मस्तिष्क विकासको लागि विद्यालयलाई घर पछिको दोस्रो पाठशाला भन्ने गरिन्छ । घरमा औपचारिक र व्यवस्थित ढंगले सिक्न नसकिने विषयहरुको ज्ञान र सीप वालवालिकाले विद्यालय मार्फत नै प्राप्त गर्नुपर्ने हुन्छ जसको अर्काे भरपर्दाे विकल्प पनि छैन । त्यसैले, शिक्षक, वालवालिका र अन्ततः परिवार, समाज र राष्ट्रकै एक अमूल्य मानवस्रोत हुन् भन्दा अतिशयोक्ति नहोला ।
शिक्षक एक कुमाले सरह हुन जसले काँचो माटोरुपी वालवालिकालाई जीवनोपयोगी र समाजोपयोगी मानवस्रोतमा रुपान्तरण गर्न सक्तछ । योग्य, सक्षम र परिश्रमी शिक्षकलाई, त्यसैले, विद्यालय शिक्षाको एक महत्वपूर्ण आधारस्तभको रुपमा लिनु पर्ने हुन्छ ।
शिक्षक सेवा आयोग सक्षम, उच्च मनोवल र सीपयुक्त शिक्षकको छनौट मार्फत गुणस्तरीय शिक्षा प्रवद्र्धनमा विगत दुई दशकदेखि कार्यरत छ । आयोगको कार्य सम्पादनमा निश्पक्षता, पारदर्शीता र वस्तुपरकता अनिवार्य शर्त हुन् । आयोग आफ्ना सामु रहेका विभिन्न चु्नौतीहरुको वावजुद सक्षम र योग्य शिक्षक छनौट कार्यमा दृढ र प्रतिवद्ध रहदै आएको छ ।
यसै क्रममा आयोगले आफ्ना निर्णय र महत्वपूर्ण गतिविधिहरुसम्बन्धी सूचनाहरु छिटो छरितो र पारदर्शी ढंगले सरोकारवाला सक्षम पुगोस भन्नाका खातिर वेवसाइट मार्फत सार्वजनिक गर्दै आएको छ । यस माध्यमको प्रयोगबाट आयोग र सम्बध्द सरोकारबालाहरु लाभान्वित भैरहेको हुँदा आयोग प्रसन्नता व्यक्त गर्न चाहन्छ । साथै, यसको निरन्तर सुधारको लागि आयोग कटिवद्ध छ । अन्त्यमा, आयोगको वेवसाइट प्रति चाँसो राख्नु हुने सम्बध्द सवैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

 

धन्यवाद ।


ताना गौतम, अध्यक्ष
शिक्षक सेवा आयोग